News / Notices
Contact Us
- Helpful Community Learning Center
- Pokhari Chauri– 3 Kavre, Nepal
- Phone: 011680157, 9851143396
- Email: helpfulclc1@yahoo.com
- www.Helpfulclc.org.np
Find Us Here
About Us
सहयोगी सामुदायिक अध्ययन केन्द्रले स्थापना काल देखिनै शैक्षिक, आर्थिक तथा सामाजिक रुपले पिछडिएका ग्रामिण बस्तीहरुमा विभिन्न संचालन गरी साक्षरता, साक्षरोत्तर,तथा निरन्तर शिक्षा पाउने अवसर प्रदान गरी साक्षरता अभियानमा सहयोग पुराउनुको साथै विविध समुह निर्माण÷गठन तथा परिचालन गरी सामुहिकता, सहकार्यता, सहकारिता तथा महिला शसक्तिकरणमा समेत टेवा पुराएको दिनको घाम जस्तै प्रस्ट छ । काभ्रे जिल्लाको शैक्षिक, आर्थिक तथा सामाजिक रुपले पिछेिडएको कोशीपारी क्षेत्र जसलाई काभ्रेको कर्णालीको रुपमा हेरिन्छ त्यसै क्षेत्रमा पर्ने पोखरी चौंरी गा.वि.स करिब ५००० जनसंख्यामा ६०० (२०६७ सालमा लिइएको नाम निरक्षरको नामेसीको आधारमा) निरक्षर रहेका छन । दलित जनजातिको बसोबास तथा महिला निरक्षर बढि भएको कारणले निरक्षरता को दर बढेको स्वाभाविक छ । त्यसैले माथिका यि विविध कारणले गर्दा त्यि शैक्षिक, आर्थिक तथा सामाजिक रुपले पिछडिएका वर्गको लागि लक्षित साक्षरता, साक्षरोत्तर,तथा निरन्तर शिक्षा तथा व्यवसायिक, सीपमूलक तथा कार्यमूलक शिक्षा संचालन गर्नु सामुदायिक अध्ययन केन्द्रको प्रमुख काम हो ।