Contact Us

  • Helpful Community Learning Center
  • Pokhari Chauri– 3 Kavre, Nepal
  • Phone: 011680157, 9851143396
  • Email: helpfulclc1@yahoo.com
  • www.Helpfulclc.org.np

Find Us Here

अपील


“साक्षर बानौं साक्षर बनाऊ
साक्षरता मापदण्ड पुरा गरौं
साक्षर अभियान सफल पारौ”
सहयोगी सामुदायिक अध्ययन केन्द्रको
अनुरोध
    साक्षर बनौं, क्षमता बढाऔं ।
    साक्षरता कक्षा संचालनमा राजनितिक दल, संघ÷संस्था, विद्यालय लगायत सबै सरोकारवालाहरुले सहयोग गरौं ।
    गाउँ बस्तीबाट निरक्षरता उन्मुलन गरौं ।
    आफु साक्षर बनौं, अरुलाई साक्षर बनाऔं ।
    साक्षर बनौ सीप सिकौं, स्वरोजगार भई आयआर्जन बढाऔं ।
    साक्षरताका फाइदाका विषयमा प्रचारप्रसार गरौं, कक्षा संचालनमा सहयोग पु¥याऔं ।
   
तपाई त शिक्षित हुनुहुन्छ, के तपाइको घर परिवाका सदस्य वा छिमेकीहरु सबै साक्षर छन ? यदि छैनन् भने साक्षर गराउने मौकाको उपयोग गरौं÷ गराऔं साथै आफ्नो घर परिवार तथा बस्तीमा रहेका निरक्षर सदस्यहरुलाइृ आफैंले साक्षर गराऔं ।
साक्षरताका मापदण्डहरु ः
    राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षर पढ्न र लेख्न सक्ने,
    नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र वील पढ्न सक्ने,
    आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने,
    मोबाइल र क्यालकुलेटरका अङक र अक्षर चिनी प्रयोग गर्न सक्ने,
    ०–९ सम्मका अङ्क अक्षर लेख्न सक्ने,
    १ देखी १०० सम्म गणना गर्न सक्ने,
    लेनदेनका हरहिसाब राख्न सक्ने,
    सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत  पढ्न र बुझन सक्ने,
    सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता देखाउन,
    घडी हेरेर समय बताउन सक्ने,
    भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने,
    बैंक भौचर भर्न र चेक खिच्न सक्ने ।


साक्षर पोखरी चौंरी पश्चात्को परिकल्पना ः
उपर्युक्त संयुक्त प्रयत्नको फलस्वरूप साक्षर पोखरी चौंरी अभियान यसै आर्थिक वर्ष सम्ममा सफलतापूर्वक सम्पन्न हुनेछ । उक्त कार्यक्रम सम्पन्न भएपछि पोखरी चौंरी सदाका लागि निरक्षरता उन्मूलन भएको घोषणा विशेष कार्यक्रमको आयोजना गरी गरिने छ ।  यस आर्थिक वर्ष पछिको पोखरी चौंरी मा ः
    १५ वर्ष माथिका सवै नेपाली नागरिक साक्षर भएका हुनेछन्, ।
    १५ वर्ष मुनिका सवै वालवालिकाहरुको विद्यालय भर्नादर शतप्रतिशत हुनेछ ।
    नवसाक्षर नागरिकहरू सामाजिक, राजनैतिक, आर्थिक तथा साँंस्कृतिक रुपमा आफ्नो अधिकार र कर्तव्यप्रति सचेत भएका हुनेछन्, ।
    नवसाक्षरहरुको जीवनयापन सहज र गुणस्तरीय हुनेछ, ।
    काभ्रेपलाञ्चोक  र समग्रमा नेपालकै मानव विकास सूचाकांक उच्च रहने छ ।
    समृद्ध र समुन्नत काभ्रेपलाञ्चोक कोे आधार निर्माण हुनेछ ।
    साक्षर नेपाल अभियान को सफलताको आधार निर्माण हुनेछ ।
    नवसाक्षरहरु विभिन्न सीपमूलक तालिममा सहभागी भई स्वरोजगार हुनेछन् ।


साक्षरता र निरन्तर सिकाइः
साक्षर नेपाल अभियानबाट साक्षर भएका नवसाक्षरहरु पुनः निरक्षर नहोउन् भन्नाका लागि उनीहरुलाई निरन्तर शिक्षाका अवसरहरु प्रदान गरिने व्यवस्था गरिने छ । स्थानीयस्तरमा रहेका सामुदायिक पुस्तकालयहरुको क्षमता बृद्धि गर्न र नवसाक्षरहरलाई पुस्तकालयको प्रयोग गर्न सहयोग र प्रोत्साहन गरिने छ । साक्षरोत्तर शिक्षा, खुला विद्यालय तथा अनौपचारिक प्रौढ विद्यालयमा सहभागी गराई निरन्तर सिकाइको अवसर दिइने छ । नवसाक्षरहरुका लागि विभिन्न प्रकारका रोजगार र सीपमूलक तथा व्यवसायिक तालिम प्रदान गरी स्वरोजगार बन्न अभिप्रेरित गरिनेछ । 


Attachments#
No files