गतिबिधीहरु
News / Notices
Contact Us
- Helpful Community Learning Center
- Pokhari Chauri– 3 Kavre, Nepal
- Phone: 011680157, 9851143396
- Email: helpfulclc1@yahoo.com
- www.Helpfulclc.org.np
Find Us Here
गतिबिधीहरु
शुभकामना आदान प्रदान कार्यक्रमः
सामुदायिक अध्ययन केन्द्रले बिभिन्न चाडपर्व तथा दिवसको अवसरमा शुभकामना तथा विबिध कार्यक्रमहरु संचालन गर्ने गरेको छ । नयाँ वर्ष, साक्षरता तथा शिक्षा दिवस को अवसरमा, तिज विशेष शुभकामना कार्यक्रम, दशै तिहार विशेष शुभकामना कार्यक्रम संचालन गर्दै आएको छ
जनचेतनामूलक कार्यक्रमः
सहयोगी सामुदायिक अध्ययन केन्द्रले समुदायका मानिसको चौतर्फी विकासको लागि बिभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ । सरसफाई कार्यक्रम, चेतनामूलक दाहोरी कार्र्यक्रम, कबिता प्रतियोगिता तथा बिभिन्न कार्यक्रम संचालन गरी समुदायका मानिसको चेतना स्तर उठाउने काम गरेको छ
सुचना तथा स्रोत केन्द्रः
सहयोगी सामुदायिक अध्ययन केन्द्र ले काभ्रे जिल्लाको एक मात्र सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको स्थापना गरेको छ । साक्षरता कक्षा लिदैं गरेकी महिला, बृद्ध, विद्यर्थाी सबै उमेर समूहका मानिसका लागि उपयोगी सामाग्री सामुदायिक पुस्तकालयका पाइन्छ